“ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता

इन्भेष्टाेपेपर ।  कार्तिक २१, २०७९

काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाण्डौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि., कमलादी, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएकाे हाे ।

निष्कासन गर्न लागिएकाे डिबेन्चर ५ अर्ब बराबरको हुने छ । उक्त डिवेन्चरकाे वार्षिक ११.२५% व्याज हुनेछ भने अवधि पाँच वर्षको रहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *