भोलि कार्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

इन्भेष्टाेपेपर ।  कार्तिक २१, २०७९

काठमाण्डौ  : भोलि अर्थात कार्तिक २२ गतेका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिनेछ । 

चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।

ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ । यसअघि कात्तिक ८ गते औँसीका दिन सूर्यग्रहण लागेको थियो । 

यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिनेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *