सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा मर्जरमा जाने

इन्भेष्टाेपेपर ।  असार २९, २०७९

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बुधवार बिहान होटल मेरिटमा आयोजित कार्यक्रममा दुवै कम्पनीतर्फबाट सञ्चालकहरूले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका सञ्चालक घनश्याम थापाले हस्ताक्षर गरे ।

बीमा समितिले बीमा कम्पनीहरूलाई चुक्ता पूँजी रू. ५ अर्ब पुर्‍याउन निर्देशन दिएसँगै यी दुई कम्पनीबीच मर्जरमा जाने सहमति भएकाे हाे । हाल रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी रू. २ अर्ब १० करोड रहेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी रू. २ अर्ब ८ करोड रहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *