श्रीलङ्का: राष्ट्रपति गोटाबय राजपक्ष विदेश पलायन

इन्भेष्टाेपेपर ।  असार २९, २०७९

श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर विदेश पलायन भएका छन्। देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन्।

त्रिहत्तर वर्षीय राजपक्ष स्थानीय समयानुसार बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएकाे छ। एक सैन्य स्रोतले राजपक्ष माल्दिम्समा नबस्ने बरु कुनै अर्को देश जाने बीबीसीलाई बताएको छ। तर उनको मूल गन्तव्य कहाँ हो त्यो स्पष्ट भएको छैन।

श्रीलङ्काको वायुसेनाले राष्ट्रपति गोटाबय राजपक्ष, उनकी पत्नी र दुई सुरक्षाकर्मीलाई माल्दिम्स जान सैन्य विमान उपलब्ध गराइएको पुष्टि गरेको छ। त्यसका लागि सरकारले अनुरोध गरेको सेनाको भनाइ छ।

राष्ट्रपतिको सरकारी निवासमा गत शनिवार हजारौँ मानिसहरू बलपूर्वक प्रवेश गरेपछि गुप्त स्थानमा लुकेर बसेका थिए। (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *