सुनचाँदीको मूल्यमा निरन्तर वृद्धी, प्रति ताेला तीन हजार पाँचसय बढ्याे

इन्भेष्टाेपेपर । मंसिर २६, २०८२

काठमाडौँ । हिजाे बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा तीन हजार पाँच सय र चाँदी सय रूपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५६ हजार ६ सय कायम भएको छ भने एक तोला चाँदीको मोल ३ हजार ९ सय ५ रूपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ८ सय ५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *