आज सुनचाँदीको मूल्यमा ओरालो

इन्भेष्टाेपेपर ।  साउन १२, २०८३

काठमाडौँ ।   स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु चार हजार तीन सय घटेको छ भने चाँदी पनि रु एक सय ३५ ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार दुई सय  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार तीन सय १० कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *