सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

न्भेष्टाेपेपर । माघ ११, २०८१

काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू. एक हजारले बढेको हो ।

बिहीबार प्रतितोला रू. एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू. पाँच बढेको छ । बिहीबार प्रतितोला रू. एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला रू. एक हजार आठ सय ८० मा किनबेच हुनेछ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *