सुनको भाउमा हुँदैछ गिरावट, आज तोलामा ८,२०० रुपैयाँले घट्यो

इन्भेष्टाेपेपर ।  जेष्ठ २४, २०८३

काठमाण्डौ । एकैदिन २० हजारले बढेकाे सुनको भाउमा विस्तारै गिरावट आएकाे छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । आज चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदी तोलाको पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *