क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्व तनाव उत्कर्षमा

इन्भेष्टाेपेपर ।  जेष्ठ २४, २०८३

तेहरान ।  इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको छ । यस घटनाले खाडी क्षेत्रमा तनाव झन् बढाएको छ र पहिले नै कमजोर रहेको युद्धविराम झनै जोखिममा परेको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानले होर्मुज जलसन्धि नजिक रहेका अमेरिकी लक्षित क्षेत्रतर्फ सात वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । 

तीमध्ये छ वटा क्षेप्यास्त्र आकाशमै रोकिएका थिए भने एक लक्ष्यमा नपुगी खसेको बताइएको छ । बहराइनमा रहेका अमेरिकी पाँचौँ फ्लीटको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणपछि बहराइन सरकारले यसलाई ‘खुला आक्रमण’ भनेको छ । कुवेतले पनि यसलाई ‘खतरनाक तनाव वृद्धि’ भन्दै कडा निन्दा गरेको छ ।

घटनाको क्रममा बहराइनको राजधानी मनामामा विस्फोटका आवाज सुनिएको थियो भने कुवेतमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै लगातार विस्फोट भएको स्थानीय पत्रकारले बताएका छन् । त्यहाँका बासिन्दाले अचानक ठुलो विस्फोटपछि त्रासको अवस्था सिर्जना भएको बताएका छन् । यस घटनाले मध्यपूर्वमा जारी युद्धलाई थप चर्काउने सङ्केत दिएको छ, जहाँ अमेरिका-इरानबिचको प्रत्यक्ष तथा अप्रत्यक्ष तनाव लगातार बढिरहेको छ । (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *