सुनको भाउमा गिरावट, आज ४ हजार ६ सय रुपैयाँले घट्यो

न्भेष्टाेपेपर ।  वैशाख १८, २०८२

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा ५० रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६५ रुपैयाँ थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *