सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

इन्भेष्टाेपेपर ।  फागुन १९, २०८२

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ  । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण भएको छ । सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु छ हजार २० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *