साउदी र कुवेतका अमेरिकी दूतावास अर्को सूचना नभएसम्मका लागि बन्द

इन्भेष्टाेपेपर ।  फागुन १९, २०८२

काठमाडौँ । साउदी र कुवेतस्थित अमेरिकी दूतावास बन्द भएको छ । क्षेत्रीय तनावका कारण अर्को सूचना नभएसम्मका लागि दूतावास बन्द गरिएकाे हाे । 

 ‘हामीले सबै नियमित र आपतकालीन कन्सुलर भेटघाटहरू रद्द गरेका छौं । दूतावास सामान्य सञ्चालनमा फर्किएपछि हामी सम्पर्क गर्नेछौं,’ कुवेतस्थित अमेरिकी दूतावासले  सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ ।

आइतबार कुवेतको एक बन्दरगाहमा इरानले आक्रमण गर्दा एक अमेरिकी कामदारको मृत्यु भएको थियो । अमेरिकी सेनाको सेन्टकमले सोमबार दिउँसो मृत्यु हुनेको संख्या बढेर छ पुगेको घोषणा गरेको छ।

त्यसैगरी इरानले साउदीमा पनि अमेरिकी दूतावासमा आक्रमण गरेको छ । इरानले गरेको ड्रोन प्रहारपछि दूतावासको सेवा अर्को सुचना नआएसम्मका लागि रद्द गरिएको दूतावासले जनाएको छ । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *