आजदेखि बिदा र कार्यालय समय पुरानै कायम

इन्भेष्टाेपेपर ।  असार १, २०७९

काठमाण्डाैँ । आजदेखि सरकारी कार्यालय र बिदा  समय पुरानै कायम हुने भएको छ ।

गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार असार १ गते अर्थात आजदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।

कार्यान्वयन गर्न जटिल भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ ।

सरकारी कार्यालय आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने विज्ञप्तिमा भनिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *