मौद्रिक नीति सार्वजनिक : मर्जरमा जानेलाई विशेष छुट (पूर्णपाठ सहित)

Investopaper, श्रावण ०८, २०७६

गभर्नर डा.चिरञ्जिबी नेपालले आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीति सार्वजनिक गरेका छन्। गभर्नर नेपालको अन्तिम मौद्रिक नीतिमा विग मर्जरका लागि प्रचार गरे जस्ताे नीति वा फाेर्स मर्जरकाे प्रावधान ल्याउन नसके पनि विशेष सुविधा दिएका छन्।

डा. नेपालकै कार्यकालमा वित्तिय संस्थाहरूकाे चार गुणाले पूंजी वृद्धी गरेर कार्यन्वयन गरेकाे अवस्थामा विग मर्जरलाइ केन्द्रविन्दुमा राखेर सहुलियत दिने घाेषणा गरेका छन ।

माैद्रिक नीतिकाे वुंदा नं. १०२ मा वाणिज्य बैंकहरू एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयामा संलग्न भएर ०७७ असार मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा हाल भएका सुविधा बाहेक अतिरीक्त पाउने सुविधा यस प्रकार छन् ।

१.कृषि,उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनुपर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिने,

२. कर्जा र निक्षेपत्रीचको ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने,

३. शाखा विस्तार गर्न यस बैंकको स्वीकृति लिनु नपर्ने,

४.संचालक समिति सदस्य,प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको  कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनैपनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने,

५.चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने ।

आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीतिकाे पूर्ण पाठ पढनकाे लागि यहां क्लिक गर्नुहाेस ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *