१५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय कर्जामा सहुलियत, ७ दिनभित्र कार्वाइ टुग्याउनु पर्ने

Investopaper, श्रावण ०९, २०७६

श्रावण ८ गते सार्वजनिक भएकाे आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीतिमा १५ लाख सम्मकाे कृषि, उद्यम तथा व्यवसाय प्रवर्धन शिषर्कमा कर्जा काराेवार गर्ने ग्राहकले व्याजदरमा सहुलियत पाउने नीति ल्याएकाे छ ।

माैद्रिक नीतिकाे ९८ नं वुंदामा उल्लेख भए अनुसार यस्ता कर्जाहरूमा अाधार व्याजदर भन्दा २ प्रतिशत मात्र बढी व्याज दरमा कर्जा प्रबाह गर्नुपर्ने छ । अाधार व्याजदर कम भएका वैकहरूबाट यस किसिमकाे कर्जा लिदा कर्जाग्राहीहरू लाभान्वित हुनेछन् ।

त्यसैगरी यस्ताे कर्जा लगानी गर्दा कुनै किसिमकाे सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएकाे छ । साथै कुनै ग्राहकले अग्रिम रुपमा कर्जा चुक्ता गर्दा पनि कुनै शुल्क लिन नपाइँने ब्यवस्था गर्नुपर्ने जनाएको छ ।

त्यस्तै बैंकका हरेक शाखाले यस्तो कर्जा प्रबाह गर्न निवेदन प्राप्त भएको सात दिन भित्र निर्णय गर्नुपर्ने र कर्जा प्रबाह गर्न नसक्ने भएमा कारण खोली सम्बिन्धत निबेदकलाई जानकारी दिनुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ । यसबाट वैंकहरूमा जवाफदेहिता बढने छ भने ग्राहक झुलाउने परिपाटीकाे अन्त्य हुने छ ।

यस प्रकाकरकाे नीतिले साना लगानीकर्ता लाभान्वित हुने देखिन्छ । साना कर्जाहरू लगानी गर्न नरूचाउने र ढाेकैबाट फिर्ता गर्ने कतिपय वैंकहरूले कसरी ग्रहण गर्छन अनि राष्ट्र वैंकले कस्ताे अनुगमन र कार्वाइ गर्छ, नीतिकाे सफलता त्यसैमा निर्भर हुने देखिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *