कतै खाेपकाे हाहाकार, कतै कोरोना खोप लगाउनेलाई १० करोडको चिठ्ठा स्किमकाे सरकारी घाेषणा
इन्भेष्टोपेपर । जेष्ठ १८, २०७८
विश्वमा महमारीको रुपमा फैलीएको कोरोनाको अहिले दोस्रो लहर चलिरहेको छ । संक्रमणका कारण विश्वमा करोडौंको ज्यान गईसकेको छ । संक्रमण कम गर्नको लागी खोप समेत लगाउन शुरु गरिसकेको छ ।
कोभिडा १९ को महामारी अवस्थामा गरिब मुलुकहरु खोप अभावमा छटपटाइ रहेका छन भने धनी मुलुकहरु आफ्ना नागरिकलाई चाहिने भन्दा निकै धेरै खोप थुपारेर बसिरहेका छन्,। तर उनीहरुको नागरिकले खोप लगाउन मानेका छैनन् । अमेरिकामा पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउनै आएनन् ।
कोरोना खोपप्रति नागरिकको चासो कम भएपछि अमेरिकाको ओहायो राज्यले अनौठो स्किम निकालेको छ । जुन स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर पुरस्कार जित्नेछन् । सरकारको उक्त घोषणाको रकम झण्डै १०–१० करोड नेपाली रुपैयाँ हुन्छ । उक्त घोषणाले खोप अभियानमा केही सकारात्मक प्रभाव पार्न पनि सुरु गरिसकेको छ ।
एनबीसी न्यूजका अनुसार मे १२ तारिखमा घोषणा गरिएको यो स्किम अनुसार १८ वर्षभन्दा माथिका त्याहाका नागरिकहरुले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन ।
