कोभिड–१९ : एडिबीद्वारा ३६ करोड अनुदान

इन्भेष्टोपेपर । असार १८, २०७७

काठमाडौ ।  एशियाली विकास बैंक (एडिबी)ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई रु ३६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो । यसअघि पनि एडिबीले रु तीन करोड ६० लाख स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *