गुराँस लाइफले दियो मृत्यु दावी भुक्तानी

इन्भेष्टाेपेपर ।  साउन ७, २०७९

काठमाण्डाैँ । गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने शेष अनसारुल हक को मृत्यु दावी वापतको रकम उहाँको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको रु. १३,००,०००।– (अक्षेरुपी रुपैयाँ तेह्र लाख मात्र) चेक हस्तान्तरण गर्नुभएको छ ।

साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उहाँको हकवाला श्रीमती कौशिला लिम्बुलाई मृत्यु दावी वापत जम्मा रकम रु.१३,००,०००।– (अक्षेरुपी रुपैयाा तेह्र लाख मात्र) को चेक हस्तान्तरण गर्नुभएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराउनुभयो । साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *