युनाइटेड इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्षले लिएभयाे शपथ

इन्भेष्टाेपेपर ।  जेठ २९, २०७९

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को अध्यक्षमा नवनिर्वाचित रविभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ। 

श्रेष्ठले हालैमात्र बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएकाे हाे।  त्यसपछि कम्पनीको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकमा अन्य सञ्चालकहरुलाई अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयाे। 

गत जेठ २३ गते भएको कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट श्रेष्ठलाई सञ्चालक समितिले अध्यक्षमा चयन गरिएको हो। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *