लक्ष्मी सनराइज बैंकको नाफामा करीब ५० प्रतिशतले वृद्धी

न्भेष्टाेपेपर । साउन २१, २०८०

काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफाले ४९.४५ प्रतिशतले वृद्धी भएकाे छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको हो। मर्ज भएपछि गत आर्थिक वर्ष भएको ३ दिनको एकीकृत कारोबारमा लक्ष्मी सनराइज बैंकले ६ करोड खुद नाफा गरेको छ ।

२ अर्ब २० करोड रुपैयाँ लक्ष्मी बैंक एक्लैले कमाएको नाफा हो। मर्जरअघिसम्म सनराइज बैंकको खुद नाफा एक अर्ब ५४ करोड रुपैयाँ थियो। जुन विस्तृत लेखा परीक्षणपछि संलग्न गरेर लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्ने प्रष्ट पारेको छ।

यता वितरणयोग्य मुनाफा भने बैंकले एकीकृत रुपमा सार्वजनिक गरेको छ। यस्तो मुनाफा बैंकसँग कुल एक अर्ब ९४ करोड रुपैयाँ छ। बैंकले ८.९४ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

बैंकको कर्जा प्रवाह र निक्षेप दुवैमा उल्लेख्य सुधार देखिन्छ। बैंकसँग २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप छ। जसको ८१.६४ प्रतिशत अर्थात् २ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा दिएको छ। बैंकले यो अवधिमा ५ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

असार मसान्तसम्म बैंकको खराब कर्जा २.८१ प्रतिशत छ। प्रोभिजनिङको लागि ९१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *