विश्वकै ठूलो जाफा केक, जसले बनायाे नयाँ गिनिज वर्ल्ड रेकर्ड

इन्भेष्टाेपेपर ।  असार ३, २०७९

लन्डन । १६० किलो अन्डा, ८ किलो चकलेट र १५ किलो ओरेन्ज जेली एकै ठाँउमा मिसाउँदा के बन्ला ? यसको उत्तर पनि सजिलो छ–विश्वकै सबैभन्दा ठूलो जाफा केक । पूर्वग्रेट ब्रिटिश बेक अफ विनर फ्रान्सिस क्विनले म्याक भिटीका कर्मचारीसँग मिलेर यस्तो केक तयार पारेकी हुन् । अन्य केकभन्दा सयौँ गुणा ठूलो उक्त केकको व्यास १७५ सेन्टिमिटर छ ।

क्विनले बेलायतको गट ट्यालेन्ट कार्यक्रमको १५औँ वार्षिकोत्सवमा ८० किलो केक तयार गरेकी थिइन् । उनले भनिन्, ‘मैले पाँच वर्षअघि बनाएको कीर्तिमान तोड्नको लागि म्याकभिटीसँग साझेदारी गर्न पाउँदा एकदमै खुशी लागेको छ । यस्तो प्रतिष्ठित केकको साथ बेलायतको गट ट्यालेन्टको १५औँ जन्मदिन मनाउन पाउँदा ठूलो खुशी लाग्यो । ’

सन् २०१३ मा द ग्रेट ब्रिटिस बेक अफको चौथो शृंखला जित्ने सुश्री क्विनले २०१७ मा बनाएको आफ्नै गिनिज वल्र्ड रेकर्ड तोडेकी हुन् । झन्डै २ मिटर फराकिलो सो केक बनाउन ११ घन्टा लागेको थियो ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *