“नेपाल बैंक ऋणपत्र-२०८४” काे बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग

इन्भेष्टाेपेपर ।  असार ३, २०७९

काठमाण्डाँ । नेपाल बैंक लिमिटेडको रु.१,०००।– अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००।– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ५वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीने छ।

काठमाण्डौें, धर्मपथ स्थित मुख्य कार्यालय रहेका नेपाल बैंक लिमिटेडले देशका ७ वटै प्रदेशमा आफ्नो शाखाहरु विस्तार गरी उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदानगर्दै आईरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *