बालबालिकाका लागि पार्क निर्माण गर्न सहयोग

इन्भेष्टोपेपर । फागुन १७, २०७८

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं. १, लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणसम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई सहयोग गरेको छ।

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयाेगस्वरूप एक लाखकाे चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख बसन्त बक्शी, मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्ववन्धु गौतम तथा अन्य कर्मचारी, आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न, वृक्षारोपण तथा सम्भारगर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरुलाई आराम गर्न वातवारण मिल्ने धारणा बैंकले लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *