जाडाे माैसममा जाेर्नी दुखाइबाट राहत पाउने घरेलु उपायहरु

न्भेष्टाेपेपर ।  माघ २६ २०७९
जाडो मौसममा जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउनकाे लागि केही घरेलु उपायहरु अबलम्वन गरेमा पैसा खर्च नगरी राहत पाउन सकिन्छ।

जाडो मौसममा बाथ रोगका बिरामीको समस्या बढ्न थाल्छ । जोर्नी दुख्ने, सुन्निने जस्ता समस्याले मानिसलाई सताउन थाल्छ । बाथ रोगीहरूले केही घरेलु उपाय अपनाएर आफ्नो समस्या कम गर्न सक्छन्।  

जानौं राखाैँ केही टिप्सहरुः

लसुनः लसुनमा धेरै औषधीय गुणहरू छन् जसले गठियाबाट पीडित मानिसहरूलाई राहत प्रदान गर्न मद्दत गर्दछ। गठियाबाट छुटकारा पाउन सबैभन्दा पहिले तोरीको तेलमा लसुन हाली यसलाई अलिकति तताएर प्रभावित ठाउँमा लगाउँदा दुखाइ र सूजन दुबैबाट आराम मिल्नेछ।

अदुवाः गठियाबाट छुटकारा पाउन अदुवाको प्रयोग पनि गर्न सकिन्छ । प्रभावित क्षेत्रमा अदुवाको पेस्ट लगाउनाले दुखाइ र सूजनबाट आराम मिल्छ।

बेसारः जाडो मौसममा जोर्नी दुख्ने समस्या भएमा बेसारको पेस्ट लगाउनु पर्छ । यसले सूजन कम गर्नुका साथै दुखाइबाट पनि राहत दिन्छ। बेसारलाई तोरीको तेल वा नरिवलको तेलमा मिसाएर लगाउनु पर्छ।

तातो पानीले सेक्नेः यदि तपाईंसँग बेसार, अदुवा र लसुन छैन भने पनि, तपाईंले प्रभावित क्षेत्रमा तातो पानीले सेक्नाले दुखाइबाट आराम पाउन सक्नुहुन्छ। एक सानो भाँडोमा पानी तताएर पीडा हुने ठाउँहरूमा सुती कपडाले सेक्न (पखाल्न) सकिन्छ।

मदारकाे पातः गठियाबाट राहत पाउनको लागि मदारको पात धेरै उपयोगी हुन सक्छ। मदारको पातलाई तोरीको तेलमा न्यानो पारेर प्रभावित भागमा बाँधेर राख्नाले दुखाइमा आराम मिल्छ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *