वायोनिक मेनुस्क्रिप्ट : पढ्नै नसकिने रहस्यमयी किताब !

न्भेष्टाेपेपर ।  माघ २६ २०७९

किताब, मानिसले पढ्नका लागि बनेको एउटा बस्तु हो । पढ्नैका लागि किताब छापिन्छ । तपाईलाई थाहा छ ? संसारमा मानिसले पढ्नै नसक्ने रहस्यमयी किताब पनि छ ।

यो एउटा किताब हो । २ सय ४० पृष्ठको यो विश्वकै सबैभन्दा रहस्यमय किताब मानिएको छ । इतिहासकारहरूका अनुसार यो किताब ६ सय वर्ष पुरानो हो । कार्वन डेटिङ्गबाट यो किताब १५ औं शताब्दीमा लेखिएको पत्ता लागेको छ । यो हस्तलिखित हो । तर यसमा के लेखिएको छ र कुन भाषामा लेखिएको छ ? भन्ने कुराचाहिँ आजसम्म कसैले बुझ्न सकेको छैन ।

यो किताबलाई वायोनिक मेनुस्क्रिप्ट नाम दिइएको छ । यो किताबमा मानिस तथा रूख–बिरुवालगायतका विभिन्न चित्रहरू कोरिएका छन् । अर्को रोचक कुरा त के भने यसमा कोरिएका केही चित्रमा यस्ता रूख–बिरुवा देखिन्छन्, जुन अहिलेसम्म विश्वमा कतै पनि फेला परेका छैनन् ।

इटालीका एकजना किताब बिक्रेता विलफ्रिड वायोनिकको नामबाट यो किताबको नाम राखिएको हो । उनले यो रहस्यमय किताब सन् १९१२ मा खरिद गरेका थिए । यो किताबमा सुरुमा धेरै पन्नाहरू रहे पनि समयक्रमसँगै पानाहरू चुडिँदै गए र अहिले २ सय ४० पाना मात्रै बाँकी रहेको छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *