विश्वकै महँगो तरकारी, १ किलोको मूल्य डेढ लाख रुपैयाँ

इन्भेष्टोपेपर । बैशाख १९, २०७

काठमाडौं । मान्छेले खाने तरकारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ ।

यो तरकारीको नाम ‘हप शुट्स’ हो । उक्त तरकारीको बोटमा लाग्ने फूललाई ‘हप कोन्स’ भनिन्छ । सोही फूललाई बियर बनाउन प्रयोग गरिन्छ । बोटको बाँकी भागलाई तरकारी वा सलादको रुपमा खाइन्छ । यो तरकारी यति धेरै महँगो हुनाका कारण कुनै तरकारी बजार वा सुपरमार्केटमा सायदै पाइएला ।

हप शुट्स औषधीय गुणले भरिपूर्ण हुन्छ भनिन्छ । यो तरकारीमा एण्टिबायोटिक अत्याधिक मात्रामा पाइने बताइएको छ । सोही कारण त्यसको प्रयोग जडीबुटीको रुपमा पनि हुने गर्दछ । मानिसहरु यसलाई काँचै पनि चपाउने गर्दछन् ।

यसको सेवन गर्नाले दाँतको दुखाई कम हुने तथा क्षयरोगको विरामीका लागि पनि लाभदायक हुने बताइएको छ । यसको प्रयोग तरकारी खान, काँचै खान, सलादको रुपमा प्रयोग गर्न तथा अचार बनाउन पनि सकिने बताइएको छ ।

यसको औषधीय गुणको पहिचान शदियौँ अघि नै भएको हो । इस्वी सम्वत् ८०० को आसपास मानिसहरुले यसलाई बियरमा मिलाएर पिउँदथे । त्यो सिलसिला अहिलेसम्म पनि चलिरहेको छ ।

सबैभन्दा पहिले यो वनस्पतीको खोज उत्तरी जर्मनीमा भएको थियो । त्यसपछि यसको प्रयोग विस्तारै पूरै विश्वमा नै फैलियो । जर्मनी,ब्रिटेन, आयरल्याण्ड, स्कटल्याण्ड लगायतका मुलुकहरूमा यसकाे खपत निकै हुन्छ । १८ औँ शताब्दीमा बेलायतले त यो वनस्पतीमाथि कर समेत लगाएको थियो भने बियर बनाउँदा यो वनस्पती अनिवार्य रुपमा प्रयोग गर्ने नियम बनाइएको थियो ।
–एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *