सावधान नक्कली सुन हुनसक्छ ? यस्ता छन चिन्ने तरिकाहरू

Investopaper, असार ०७, २०७६ 

नेपालमा सुनको कारोबार १२ महिना नै हुने गर्दछ । विवाहको सिजन होस् या कुनै पर्व, सुनको माग सधैं नै उच्च रहन्छ । यस्तो अवस्थामा हरेक ग्राहक जागरुक हुन् जरुरी छ कि खरिद गर्न लागेको सुन सक्कली हो या नक्कली किनकी आज पनि नेपालका अधिकांस मानिसहरु सक्कली र नक्कली सुन छुट्याउन सक्दैनन ।

त्यसैले सुन किन्नु भन्दा अघि धेरै सोचविचार र जाँच गर्नु पर्ने आवश्यक हुन्छ । सुन किन्दा सक्कली वा नक्कली छुट्याउन केही सरल प्रक्रियाहरू अपनाउन सकिन्छ जसको मद्दतले ग्राहकहरु आफू ठगिन बाट बच्न सक्छन ।

सुन परिक्षणका वैज्ञानिक विधीहरू त छन नै तर यहा उल्लेख गरिएका एकदम सरल र घरेलु उपायहरू हुन । अनुभव, साधारण साधनहरूकाे प्रयाेग तथा तुलनाहरूकाे विधि अपनाउदा पनि धेरै सत्यकाे नजिक पुगिन्छ भने ठगिने चान्स कम हुन्छ ।

» म्याग्नेट टेस्ट (Magnet Test):

यसको लागि हार्डवेयर पसलमा गई चुम्बक लिएर आउनुहोस् र सुनको गहना नजिक लगेर हेर्नुहोस । यदि सुनको गहना चुम्बकमा टाँसिएमा तपाईको सुन सक्कली होईन । यदि टाँसिएन भने तपाईको सुन सक्कली हो । किनकी सुन चुम्बकीय धातु होईन ।

» सेरामिक प्लेट टेस्ट (Ceramic Plate Test):

यस टेस्टको लागि एक सेतो सेरामिक प्लेट लिनुहोस् । यदि तपाईको घरमा छैन भने बजारबाट ल्याउनुहोला । त्यस पछि सुनको गहनालाई उक्त प्लेटमा रगड्नुहोला । यदि उक्त प्लेटमा कालो निशान देख्नुभएमा तपाईको सुन नक्कली हो र यदि हल्का सुनौलो रङ देखेमा तपाईको सुन सक्कली हो ।

» वाटर टेस्ट (Water Test):

यसको लागि सबैभन्दा सरल तरिका वाटर टेस्ट हो । यसको लागी एक गहिरो भाँडामा २ गिलास पानी हाल्नुहोला र त्यसमा सुनको गहना राख्नुहोला । यदि तपाईको सुन तैरिन्छ भने तपाईको त्यो नक्कली हो, यदि सुन डुबेर भाँडाको सतहमा बसेको छ भने सुन सक्कली हो ।

यसैगरी दुवै गहनाहरूलाइ संगसंगै (एकै समयमा) पानीमा खसाउने हाे भने सुनकाे गहना छिटाे पानीकाे पिंधमा पग्छ भने नक्कली विस्तारै पिंधमा पुग्छ ।

» बाइट टेस्ट (Bite Test):

सुन सक्कली हो या नक्कली हो भनेर थाहा पाउन सुनलाई दाँतको बीचमा राखी टोक्नुहोला । यदि तपाईको सुन सक्कली हो भने त्यसमा दाँतको निशान देखिन्छ । किनकी सुन एक अत्यन्तै नरम धातु हो । यो टेस्ट आरामले गर्नुहोला, बेस्सरी दाँतले दबाउदा सुन टुट्न पनि सक्छ ।

» पसिना टेस्ट (Sweat Test) :

तपाईले महसुस गर्नुभएको होला कि एक या दुईको सिक्का पसिनाले भिजेमा एक अनौठो गन्ध आउँछ । तर सक्कली सुनको पसिनामा त्यस्तो गन्ध भने आउदैन ।

» ताैल परिक्षण टेस्ट (Weight Test) :

समान ताैल भएकाे सुनकाे रिंगलाइ एक हातमा राख्नुहाेस अनि शंकास्पद रिंगलाइ अर्काे हातमा राखेर उचाल्दा सक्कली सुन केही गह्राै भएकाे अनुभव गर्न सकिन्छ ।

» छाप पहिचान टेस्ट (Stamp Test) :

सधै खरिद गर्ने सक्कली सुनकाे छाप स्मरण गर्न सकिन्छ । सुनकाे ताैल र शुद्धता सधै क्यारेटमा लेखिएकाे हुन्छ, नक्कलीमा यस्ताे नहुन सक्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *