राति निद्रा नलाग्ने समस्या छ भने यसो गर्दा अवश्य फाइदा हुन्छ

न्भेष्टाेपेपर ।  फागुन ५, २०८१

सधैँ एउटै निश्चित समयमा सुत्ने गरेमा, क्याफिन नखाएमा र बिहान पर्याप्त घाममा बसेमा निद्रासम्बन्धी समस्या निराकरण गर्न सकिन्छ भन्ने निष्कर्ष यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा एक अध्ययनबाट देखिएकाे बताएका छन् ।

सुन्दा सामान्य लागे पनि यो शैली अनुकरण गरे यसले महत्त्वपूर्ण प्रभाव पार्न सक्ने उनीहरूको धारणा छ।

सबै मानिसको शरीरमा एउटा ‘जैविक घडी’ हुन्छ। त्यो सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको हुन्छ। त्यसैले हामीलाई उज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ। तर केही मानिसको घडी अरूको भन्दा ढिलो चल्छ। केही मानिस बिहान सबेरै उठ्छन् र उनीहरूलाई राति जागा बस्न गाह्रो हुन्छ।

तर राति सक्रिय हुने मानिसमा यो प्रकृया उल्टो हुन्छ। उनीहरूको समस्या भनेको के हो भने आफ्नो शरीर तयार हुनुभन्दा अगाडि नै अलार्मको सहयोगमा बिहान बिउँझनुपर्छ। सधैँ राति जागा बस्ने मानिसमा स्वास्थ्यको समस्या देखिने गरेको उनीहरूले बताएका छन्।

वैज्ञानिकहरूले उल्लूजसरी रातभरि जागा बस्ने अर्थात राति निद्रा नलाग्ने चर्को समस्या भोगिरहेका २१ जना व्यक्तिमा अध्ययन गरेका थिए। सरदर उनीहरू बिहान साढे दुई बजे मात्रै सुत्थे र बिहान १० बजेसम्म उठ्दैनथे।

उनीहरूलाई यस्तो निर्देशन दिइयो –

  • पहिलाभन्दा २-३ घण्टा अगाडि उठ्ने र बिहान बाहिर गएर पर्याप्त उज्यालोमा बस्ने
  • सकेसम्म चाँडै विहानको खानेकुरा खाने
  • बिहान मात्रै शारीरिक व्यायाम गर्ने
  • सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने
  • दिउँसो तीन बजेपछि क्याफिन भएको पेयपदार्थ सेवन नगर्ने
  • दिउँसो चार बजेपछि छोटो समयका लगि भएपनि नसुत्ने
  • पहिलाभन्दा २-३ घण्टा अगाडि सुत्ने र राति सुत्ने ठाउँमा धेरै उज्यालो हुन नदिने
  • प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने

युनिभर्सिटी अफ बर्मिङ्घम, युनिभर्सिटी अफ सरी र मोनाश युनिभर्सिटीले गरेको विश्लेषणमा तीन हप्तापछि यो निर्देशन पालना गर्ने मानिसको जैविक घडीमा दुई घण्टाले सुधार भएको देखायो।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *