चितवन २ र तनहुँ १ मा रास्वपाका उम्मेदवार भारी मतान्तरले विजयी

न्भेष्टाेपेपर । वैशाख १२, २०८०

काठमाण्डाैँ । चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने एबं डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । रवि लामिछाने रास्वपाका सस्थापक सभापति हुनुहुन्छ भने डा. वाग्ले भर्खरै पार्टी प्रबेश गर्नु भएकाे हाे ।

चितवन २ मा रवि लामिछानेले ५४ हजार २ सय ७६ मत पाउनु भएको छ । उहाँले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गर्नु भएको हो । उहाँले निकटतम प्रतिद्वन्दीभन्दा ४३ हजार २५ मतकाे फराकिलाे मतान्तरले विजय हासिल गर्नुभयाे

उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउनु भयो । यस्तै,  एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाउनुभयो । 

यसैगरि तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनुभयो । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

भट्टराईले २० हजार १ सय २२ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गर्नुभएको छ ।

तनहुँ १ बाट गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी हुनुभएको थियो । उहाँ राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *