काठमाडौंमा यो वर्षकै बढी चिसो, सतर्कता अपनाउन अनुरोध

इन्भेष्टोपेपर । मंसिर १, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा बुधवार यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।     
     
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको हो ।     
     
मंगलवार भने काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।     
     
काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ ।

केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।     
     
बुधवार राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहने छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *