नेपाल वेयरहाउजिङ्ग कंपनीको कारोवार संचालनमा

न्भेष्टाेपेपर । जेठ ८, २०८१

काठमाण्डाैँ । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका-२, औरावनीमा वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीका ठूलो उत्साह देखिएको छ ।

नेपाल वेयरहाउजिङ्ग कंपनीको पर्सा र सुनसरी स्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कंपनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउस को साईलोमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुनेछन् ।

कंपनीका महाप्रवन्धक समिर राज सत्याल भन्छन, मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ । यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रता, कम्प्युटरको माध्यमवाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ।

यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कंपनी स्वंयले गरेको छ । अवको दुई महिना मकै र गँहुको कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको र अहिले २४ सै घण्टा कंपनी सञ्चालनको व्यवस्था मिलाएको सत्याल वताउँछन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *