मुक्तिनाथ कृषि कम्पनीद्धारा एकैसाथ ८ वटा सहायक पब्लिक कम्पनीहरुको समुद्धघाटन
इन्भेष्टाेपेपर । भाद्र १५, २०७९
काठमाण्डाैँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना दिवसकाे अवसर पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष सहित एकैपटक ८ (आठ) वटा सहायक कम्पनीहरुको औपचारिक समुद्घाटन गरेको छ ।
यी कम्पनीहरूमा मुक्तिनाथ सिड बैङ्क लि., मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क लि., मुक्तिनाथ लाईभस्टक बैङ्क लि., मुक्तिनाथ हर्बल बैङ्क लि., मुक्तिनाथ फूड बैङ्क लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. रहेका छन् ।
कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।
आफ्नो स्थापना काल देखि नै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरु तथा फर्महरु, कृषक समुह, सहकारीहरुसंग सहकार्य गर्दै कृषिको मुल्य श्रृंखला विकासका लागि व्यवस्थापकिय भुमिका निर्वाह गर्ने प्रयत्न गरिरहेका छ । जसको लागि “गाउँको उत्पादन शहरमा, शहरको पुजिँ गाउँमा” र “सवृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि” भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन “कृषकसँग मुक्तिनाथ” र “उपभोक्तासँग मुक्तिनाथ” अभियानको शुरुवात गरी सोहि अनुसारका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनिले आफ्नो चौथो स्थापना दिवस मनाइरहँदा वितेका ४ वर्षहरु विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरु, भइरहेका प्रयासहरु, व्यवसायिक अवसरहरु र समग्र कृषि क्षेत्रको विकासमा समग्र नीजि क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्नका लागि मुख्यत व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको छ ।
हालसम्म कम्पनिले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यो वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु स्थापनको अन्तिम चरणमा पुगेको छ ।
कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८०% र सर्वसाधारणबाट २०% लगानी रहने छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउनेछ ।
कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरुको मार्फत कृषि क्षेत्रको विकासका लागि एकिकृत रुपमा नीजि क्षेत्रले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गर्न मद्दत पुग्नेछ । साथै यो अभियानले नीजि लगानीकर्ताहरुलाई संस्थागत रुपमा कृषिमा लगानी गर्नको लागि मार्गदर्शन हुनेछ भन्ने आत्मविश्वास लिएका छौ । यो संगै विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाटे स्थापना भई संचालन गर्न कठिनाई भइरहेका विभिन्न कम्पनी, उद्योग, फर्महरुलाई पनि सहायक कम्पनीहरुमा समाहित गरी संचालन गर्न सक्षम हुनेछ भन्ने अपेक्षा कम्पनीले राखेको छ ।
