पशुपति संग्रहालय तथा महास्नान घरको समुद्घाटन
इन्भेष्टाेपेपर । भाद्र ७, २०७९
काठमाण्डाैँ । साेमवार माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोíका अध्यक्ष जिवन राम श्रेष्ठबाट पशुपति संग्रहालय तथा महास्नान घरको समुद्घाटन सम्पन्न भएको छ । उक्त समारोहमा नेपाल इन्भेष्मेटण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
धार्मिक महत्वका सुनका जलप लगाईएका मूर्ति, तामा, पित्तल ढलौटका मूर्तिहरु, ढुंगाका मूर्तिहरु संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डाे एवम् पुरातात्विक महत्वका छैटाैँ शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छबीकालिन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचिन मुद्राहरु, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरु संग्रहालयको मुख्य आकर्षण रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकाेणले महत्वपुर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माणगरी यस पवित्र “पाशुपति क्षेत्र” मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखिकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गर्न अग्रणसी भूमिका निर्वाह गर्दै आएको छ ।
पुननिर्माण पश्चात बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मीत पशुपति संग्रहालय महास्नानघर हस्तान्तरण गरेको छ साथै बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा रु ५,१४,००,०००।- तथा पाशुपत क्षेत्रकाे संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोड भन्दा बढी सहयोग गरेको छ ।
