भारतीय अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन
इन्भेष्टोपेपर । असार २३, २०७८
काठमाडौं । भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ ।
उहाँ करीब एक हप्ता अघि अस्पताल भर्ना हुनुभएको टाइम्स अफ इण्डियाले जनाएको छ । उहाँ बुढ्याैली उमेरमा हुने राेगबाट ग्रसित हुनु भए पछि उपचारका लागि मुम्बइकाे खैर हिन्दूजा अस्पतालमा भर्ना हुनुभएकाे थियाे ।
साेमबार उहाँकाे स्वास्थ्य अबस्थामा केही सुधार भएकाे भन्दै उहाँकी श्रीमती सारा बानुले प्रार्थानाकाे लागि सबैलाई आग्रह गर्नुभएकाे थियाे ।
