भारतीय स्थल सेनाध्यक्ष पांडे आज नेपाल आउँदै
इन्भेष्टाेपेपर । भाद्र १९, २०७९
काठमाण्डाैँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो । उहाँ पाँचदिने नेपाल भ्रमणमा रहनुहुनेछ ।
सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । यस्तै, प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्नुहुने जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
