अब सहकारीको ब्याजदर सीमा तोकियो, मनपरीकाे अन्त्य

Investopaper, श्रावण १८, २०७६ 

सहकारी संस्थाहरुको ब्याजदर सीमा तोकिएको छ । सहकारी विभागले साउन १९ गतेदेखि लागू हुने गरी सहकारी संस्थाको ब्याजदर सीमा तोकिएको हो ।

ब्याजदर निर्धारण समितिको सिफारिसमा सहकारीले कर्जा लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । त्यस्तै बचत तथा कर्जाको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गरिएको छ ।

उक्त ब्याजदर प्रत्येक ३–३ महिनामा पुनरावलोकन हुनुपर्ने छ । यो ब्याजदर साउन १९ गतेबाट देशभरका सहकारीमा लागू हुने सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले जानकारी दिए । निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याज दिनुपर्नेछ भने ऋणीबाट बढीमा १६ प्रतिशत ब्याज लिन पाउने विभागले जनाएको छ ।

श्रावण १७ गते शुक्रवारका दिन पत्रकार सम्मेलन गरि डा. टोकराज पाण्डेले व्याजदर निर्धारण बारेमा जानकारी गराएका हुन । यस अघि सहकारी सस्थाहरुमा ब्याज दर सम्बन्धमा बिकृति भएको भन्दै यसलाई सुधार गर्न ब्याजदर निर्धारण गरिएको उनले बताए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *