अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’बारे रोचक तथ्य

इन्भेष्टाेपेपर । आश्विन ५, २०८३

काठमाडाैं । अमेरिकी राष्ट्रपति बस्ने भवन ‘ह्वाइट हाउस’ विश्वभर चर्चित छ । १७९२ मा निर्माण गरिएको ह्वाइट हाउसबारे थुप्रै रोचक तथ्य छन्, जुन तपाइलाई थाहा नहुन सक्छ ।

  • अमेरिकी राष्ट्रपतिको सरकारी निवासको नाम ‘ह्वाइट हाउस’ सन् १९०१ मा टेड्डी रुजबेल्टले राखेका थिए । यसअघि, ह्वाइट हाउसलाई राष्ट्रपतिको महल भनेर चिनिन्थ्यो ।
  • भवन डिजाईनरबीच गरिएको प्रतियोगिता जित्दै सन् १७९२ मा जेम्स होबनले ह्वाइट हाउसको डिजाईन गरेका थिए ।
  • ह्वाइट हाउस मात्र एउटा यस्तो भवन हो जुन राष्ट्रप्रमुखको निजी निवासका रुपमा सर्वसाधारणले निशुल्क भ्रमण गर्न पाउँछन् ।
  • ह्वाइ हाउस जस्तै देखिने भवन एटलान्टा, चीन र अष्ट्रीयामा समेत निर्माण गरिएको छ ।
  • भवन निर्माणका लागि युरोपेली आप्रवासीलाई दास बनाएर ४३ लाख ८० हजार अमेरिकी डलरमा निर्माण गरिएको थियो ।
  • अमेरिकी राष्ट्रपतिको कार्यालयका रुपमा परिचित ओभल रुम सन् १९१३ मा विलियम होवार्डले निर्माण गर्न लगाएका थिए ।
  • ह्वाइट हाउसको भुइतलामा मल, फुलको पसल र डेन्टिस्टको कार्यालय समेत राखिएको छ । यो आलिसन भवनमा बस्ने पहिलो राष्ट्रपति जर्ज वासिङटन नभइ जोन अडाम्स् हुन् ।
  • ह्वाइट हाउसमा ४ सय १२ ढोका, १ सय ४७ झ्याल र एक सय ३२ कोठा छन् ।
  • राष्ट्रपति भवन भित्र बंकर निर्माण गरिएको छ । आतंकवादी हमला भएमा बंकरमा बसेर नै राष्ट्रपतिले सम्पूर्ण काम गर्न सक्छन् भने बंकरबाटै बाहिर निस्किन मिल्ने सुरुंग समेत निर्माण गरिएको छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *