नेप्से परिसूचक २३.४१ अंकले घट्याे, लगातार पाँच दिनसम्म १४० अंककाे गिरावट

इन्भेष्टोपेपर । चैत्र २३, २०७८

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक लगातार पाँचौ दिन पनि तल झरेको छ । नेप्से परिसूचक पछिल्लो पाँच दिन यता लगातार रुपमा करिव १४० अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २३.४१ अंकले घटेर २ हजार ४२८.६६ विन्दुमा झरेको छ ।त्यस्तै सेन्सेटिभ इण्डेक्स २.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंकले गिरावट भएको छ ।

बुधबार कारोबारमा आएका २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने घटेको छ । अघिल्लो दिन साढे २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो ।

नेप्सेको १३ उपसमूह मध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा होटल तथा पर्यटन, अन्य उपसमूहको शेयर मूल्य  बढेको छ ।

बुधबार नेप्से गिरावट आए पनि नेश्डो लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै, सोल्टी होटलको ३.९९ प्रतिशत, तारागाँउ रिजेन्सी होटलको ३.९४ प्रतिशत र युनाइटेड इदी मर्दि हाइड्रोपावरको २.३० प्रतिशतले बढेको छ ।त्यस्तै इमर्जीङ्ग नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको ५.४७ प्रतिशतले गिरावट आएको छ ।

बुधबार कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख, नविल बैंकको ६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *