हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
इन्भेष्टाेपेपर । असार १९, २०७९
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य दरका कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेकाे हो ।
कम्पनीले निष्कासन गर्ने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरेको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा शुक्बारसम्म मागभन्दा धेरैकाे आवेदन परेकाले आजसम्म मात्र आवेदन दिन सकिने छ । आज अन्तिम दिन रहेकाले बैंकिग समयसम्म मात्र आवेदन दिने समय ताेकिएकाे छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्रबोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
