गणपति माइक्रोफाइनान्सको आईपिओमा पहिलो दिन कति पर्यो आवेदन।

वैशाख १०, २०७६ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले बैशाख ९ गते सोमबारदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गरेको छ । आईपिओमा न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिन्छ। पहिलो दिनमै गणपति माइक्रोफाइनान्सको
साधारण शेयरमा ३.६८ बढी गुणा आवेदन परेको छ।

माइक्रोफाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार हिजो साँझ ५ बजेसम्म ५५ हजार ४९३ वटा आवेदकबाट ११ लाख ५० हजार कित्ता शेयर माग भएको हो ।

कम्पनीले कूल ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो। निष्कासित शेयर मध्ये ५,१७५ कित्ता लघुवित्तका कर्मचारीहरुलाई र १६,७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ। बांकि रहेकाे ३,१३,०७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

माइक्रोफाइनान्सको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर नेपाललले ‘केयर एनपि आईपिओ ग्रेड ४’ प्रदान गरेको छ । एनआईबिएल एस क्यापिटल निष्कासनकर्ता रहेकाे यो आईपीओ छिटोमा वैशाख १२ गते र ढिलोमा जेठ ७ गतेसम्म बन्द हुनेछ ।

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आईपिओ निष्काशन पश्चात १० करोड २५ लाख रुपैयाँ पुग्नेछ।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *