मानुषी लघुवित्तको आइपिओ खुला

इन्भेष्टोपेपर । श्रावण २७, २०७

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ। आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ।  

एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार वित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट रहेको छ।

तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिनुभयाे।

उहाँकाअनुसार जसमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो।

आइपिओ जारी भएपछि कम्पनीको चुक्तापुँजी रु दश करोड ९३ लाख ७५ हजार पुग्नेछ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर मार्फतसमेत आइपिओमा आवेदन दिन सक्नेछन। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *