विश्वकै महँगाे हाते झोला, मूल्य सुन्दा नै लाग्छ चक्कर !

इन्भेष्टोपेपर । श्रावण २७, २०७

एउटा ह्याण्ड ब्याग खरिद गर्नुपर्दा सर्वसाधारणले सय वा हजार भित्र नै कल्पना गरेका हुन्छन । यनीहरूकाे क्षमता पनि २/४ हजारदेखि अत्यधिक महंगो भए लाखसम्मकाे हुनसक्छ । तर कुनै ह्याण्ड ब्यागको मुल्य करौडौं, अर्बौ रुपैयाँ पर्छ भन्ने सुन्दा हामीलाई पत्यार नलाग्न सक्छ ।

इटालियन लग्जरी ब्राण्ड बोयरिनी मिलानेसी (Boarini Milanesi)ले बनाएको ब्यागको मुल्य करौडौं छ । यसको मुल्य ६ मिलीयन यूरो रहेको छ । जसको नेपाली मुल्य ८ अर्ब ३२ करोडभन्दा बढि परेको छ । मूल्य सुन्दा चक्कर लाग्दैन त ?

यस ब्यागमा १० वटा सुनको पुतली बनाइएको छ । यतिमात्र होइन हिरा लगायतका महंगा महंगा जवाहरातले यसको सजावट गरिएको छ । यस ह्याण्ड ब्यागको मुल्यबाट ८ सय हजार युरो समुन्द्रको सफाईकालागी दान गरिनेछ ।

यस ब्यागलाई बनाउन मात्र करिब १ हजार घण्टा लागेको थियो । यसको सुन्दरताका कारण धेरैले यस ब्यागको प्रसंशा गरेका छन् । तथापी केहीले भने मतभेद व्यक्त गरेका छन् ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *