ग्लोबल आइएमइ र जनता बैंकबिच मर्जरकाे सहमति, स्वाप रेसियाे डिडिए पछि

Investopaper, असार २०, २०७६

ग्लाेबल आइएमई र जनता बैंक मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा आज हस्ताक्षर गरेका छन। समझदारी पत्रकाे हस्ताक्षर कार्यक्रम हाेटल साङ्ग्रिलामा राखिएको थियो।

सम्पति तथा दायित्व मूल्यांकन (डिडिए) पछि शेयर आदान प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ। दुवै वैंकबाट ३/३ जना प्रतिनिधि रहने गरी ग्लाेवल अाइएमइ वैंकका सुदर्शनकृष्ण श्रेष्ठकाे संयाेजकत्वमा ६ सदस्यीय मजर्र कमिटी बनाइएकाे छ ।

हस्ताक्षर कार्यक्रममा जानकारी गराइए अनुसार ग्लाेबल आइएमई वैंकवाट अध्यक्ष सहित ५ जना र जनता वैंकबाट २ जना संचालक चयन हुने छन । अध्यक्षमा चन्द्रप्रसाद ढकालनै हुने सहमतिमा छ भने प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्। बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ । मर्जर सम्झौता पश्चात दुबै बैंकको आइतबारदेखि शेयर कारोबार रोकिने भएको छ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ। ग्लोबलले जनतालाई ८५ प्रतिशत स्वाप दिएमा दुई बैंक मर्जर भएर बन्ने बैंकको चुक्ता पूँजी १७ अर्ब ११ करोड नाघ्नेछ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *