शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

इन्भेष्टाेपेपर ।  चैत्र ८, २०८२

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र इजरायलसँगको युद्धमा इरानले आफ्ना शत्रुहरूलाई ‘अचम्मको झट्का’ दिएको बताउनुभएके छ। 

अल–अक्सा मस्जिद, पश्चिमी पर्खाल र चर्चको पवित्र चिहानबाट केही सय मिटर टाढा रहेको पुरानो नगरमा विस्फोट भएपछि इजरायलले तेहरानमाथि जेरुसेलमको पवित्र स्थलमा आक्रमण गरेको आरोप लगाएको छ ।

युद्धको सुरुवातमा इजरायली हवाई आक्रमणमा मारिएका आफ्ना पिता अली खामेनीको उत्तराधिकारीको रूपमा नामकरण गरिए पछि पनि खामेनी सार्वजनिक रूपमा देखा पर्नुभएकाे छैन। उहाँले लिखित बयान मात्र जारी गर्नुभएकाे छ।

खामेनीले फारसी नयाँ वर्ष नौरुजका लागि लिखित सन्देशमा भन्नुभएकाे छ, ‘इरानीहरूले दुश्मनलाई एक चक्मा दिएका छन् जसले गर्दा उनीहरू अब विरोधाभासी शब्द र बकवास गर्न थाल्छन्।’

खामेनीले आफ्नो सन्देशमा भन्नुभएकाे छ,  ‘धार्मिक, बौद्धिक, सांस्कृतिक र राजनीतिक उत्पत्तिमा मतभेदका बाबजुद यतिबेला हाम्रा देशवासीहरूबीच निर्माण गरिएको एकताका कारण शत्रु पराजित भएको छ ।’ (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *