अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल, ईरानको प्रतिक्रिया

इन्भेष्टाेपेपर ।  चैत्र २, २०८२

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गर्नुभएको छ ।

तर अहिलेसम्म कुनै देशले स्पष्ट प्रतिबद्धता दिएको छैन । तेलको मूल्य युद्धको कारण अत्यधिक बढेको छ । ट्रम्पले भन्नुभयो, “म यी देशहरूलाई आफ्नो क्षेत्रको सुरक्षा गर्न आग्रह गर्दैछु । किनभने यो उनीहरूको आफ्नो क्षेत्र हो ।”

ईरानको प्रतिक्रिया

ईरानका विदेशमन्त्री अब्बास अराघ्चीले केही देशहरूले आफ्ना जहाजहरूको सुरक्षित मार्गका लागि संपर्क गर्नुभएको बताउनुभएको छ, तर निर्णय पूर्ण रूपमा ईरानी सेनाको अधिकारमा रहेको छ ।

ईरानले संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरू बाहेक अन्य सबै देशका जहाजहरूलाई स्ट्रेट प्रयोग गर्न खुला राखेको छ । उहाँले भन्नुभयो,“हामीसँग अमेरिकासँग वार्ता गर्ने कुनै कारण छैन । यस युद्धको सुरुवात इजरायल र अमेरिकाले मिलेर फेब्रुअरी २८ मा गरेका हमलाबाट भएको हो ।”

अन्य देशहरूको प्रतिक्रिया

युद्धको अवस्थामा अन्य देशहरूले प्रतिक्रिया दिएका छन् । बेलायतका प्रधानमन्त्री किएर स्टारमरले ट्रम्पसँग स्ट्रेट पुनः खुला राख्नको महत्वबारे छलफल गर्नुभयो ।

चीनले स्थिर र अवरुद्ध ऊर्जा आपूर्ति सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार रहेको बताएको छ । दक्षिण कोरियाले स्थिति ध्यानपूर्वक अध्ययन गरिरहेको छ भने फ्रान्सले अन्य यूरोपेली र एशियाली देशहरूसँग मिलेर सम्भावित अन्तर्राष्ट्रिय सुरक्षा मिशनको तयारी गरिरहेको छ ।

मिसाइल र ड्रोन हमलाहरू

संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र बहरैनले ईरानी मिसाइल वा ड्रोन हमलाको रिपोर्ट गरेका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो, जहाँ एक इन्धन ट्याङ्कमा ड्रोनले आगो लगाएको थियो ।

ईरानले शुक्रवार अमेरिकी आक्रमणमा खार्ग टापुलाई निशाना बनाएको दाबी गरेको छ, जहाँ मुख्य तेल टर्मिनल रहेको छ । ईरानले यसको तेल र ऊर्जा पूर्वाधारमा हमला भएमा तीव्र जवाफ दिने चेतावनी दिएको छ ।

युद्धको मानवीय असर

युद्धले क्षेत्रभर गम्भीर मानवीय असर पारेको छ । ईरानी मिसाइल आक्रमणमा कम्तीमा दर्जनौं नागरिक मारिएका छन् । ईरानमा एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ, जसमा २३३ महिला र २०२ बच्चा छन् ।

इजरायलमा १२ जनाको मृत्यु भएको छ र थप घाइते भएका छन् । लेबनानमा ८२० भन्दा बढीको मृत्यु र करिब ८० हजार मानिस विस्थापित भएका छन् । ईरानी मिसाइलहरूले इजरायलका विभिन्न शहर र तेल अविभागलाई निशाना बनाएका छन्, साथै क्लस्टर बम प्रयोग भएको रिपोर्ट पनि आएको छ ।

तेल बजार र आपूर्ति

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपतकालीन तेल भण्डारमार्फत बजारमा आपूर्ति बढाउने योजना अघि सारेकोरु छ । एशियाली देशहरूले तुरुन्तै भण्डार रिलीज गर्ने तयारी गरिरहेका छन् भने युरोप र अमेरिका मार्च अन्त्यदेखि भण्डार जारी गर्नेछन् । ट्रम्पले युद्ध सकेपछि तेलको मूल्य छिट्टै घट्ने बताउनुभएको छ । (रासस/एपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *