नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

इन्भेष्टाेपेपर ।  चैत्र २, २०८२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ९२ प्रतिशतको गिरावट हो ।

आज ३४५ कम्पनीको तीन करोड सात लाख ९० हजार २११ कित्ता शेयर एक लाख दुई हजार ७५९ पटक खरिदबिक्री हुँदा  ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव २५  प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ एक दशमलव ६१, विकास बैङ्क शून्य दशमलव ८४, वित्त शून्य दशमलव ७१, होटल तथा पर्यटन शून्य दशमलव २६, जलविद्युत् शून्य दशमलव ६१, लगानी एक दशमलव ५२ र जीवन बिमा समूह शून्य दशमलव ९४ प्रतिशतले घटेको छ ।

लघुवित्त शून्य दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव ४५, व्यापार एक दशमलव ०९ र अन्य समूह एक दशमलव ०९ प्रतिशतले घटेको छ ।

सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिद्धार्थ इक्विटी फन्डको शेयर मूल्य चार दशमलव ३९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका रु ६८ करोड ७७ लाख २४ हजार ७६१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको २२ लाख ७२ हजार २४५ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *