उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्नेकुरा गलत छ – महासचिव पोखरेल

न्भेष्टाेपेपर । जेठ ३०, २०८०

काठमाण्डाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नेकुरा गलत रहेको बताउनुभएको छ । 

सोमवार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने  र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताउनुभएको हो ।

उहाँले नेकपा (एकीकृत समाजवादीका तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत केन्द्रिय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताउनु भयो ।

उहाँले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको बताउनु भयो ।

महासचिव पोखरेलले विकास र समृद्धिको लागि नेकपा एमाले देशका लागि अपरिहार्य हो भन्नेकुरा प्रमाणित भएको बताउनु भयो । उहाँले भारतले नयाँ संसद भवनमा राखेको नेपाली भूमि समेटिएको नक्शाबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रश्तुत गर्ने बिडम्वना देखिएको बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *