जेनिश उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स’
इन्भेष्टोपेपर । माघ २, २०७८
काठमाडौँ । ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् । उनले उपाधिसँगै नगद १५ लाख पाएका छन्।
हिमालय टीभी एचडीबाट शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । चार टिमको हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।
दर्शकबाट प्राप्त मतका आधारमा जेनिशलाई विजेता घोषणा गरिएको आयोजकले जनाएका छन् ।
