गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरवेजले शुरु गर्‍यो कुवेत–चीन उडान

इन्भेष्टाेपेपर ।  असाैज ६, २०७९

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित उडान शुरु गरेको जजिरा एयरवेजले कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान शुरु गरेको छ ।     
     
 चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई ध्यानमा राख्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको बताइएको छ । उक्त कम्पनीले सोमवारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान शुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने बताएको छ ।

उक्त गन्तव्यका लागि कम्पनीले एयरवेस ३२० नियो सिरिज जहाज प्रयोग गर्ने बताएको छ । कम्पनीले गन्तव्य विस्तारका क्रममा गौतमबुद्ध विमानस्थलपछि चीन उडान शुरु गरेको हो । हाल यो कम्पनीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सेवा दिंदै आएको छ । 

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान थाल्ने जजिरा पहिलो कम्पनी हो । भैरहवाबाट उडान शुरु गरेको तीन महीनामा जजिराले करीब १२ हजार यात्रुलाई सेवा दिइसकेको विमानस्थल कार्यालयले बताएको छ । (रासस)  

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *