अनाैठाे चलन जहाँ छोरीको कुमारित्व तोड्ने सम्भोग सेन्टर लगिन्छ !

इन्भेष्टाेपेपर ।  असाैज ६, २०७९

आफ्नो छोरीको कुमारित्व तोड्न सम्भोग सेन्टरमा पठाइन्छ भन्ने सुन्दा अचम्म लाग्छ तर, वास्तविकता यस्तै छ । अफ्रिकाको मलावीमा आमाबाबुहरुले नै आफ्ना छोरीहरुलाई कुमारित्व तोड्नका लागि सम्भोग सेन्टरमा पठाउँने गर्छन् ।

अझ अचम्मको कुरा त के छ भने जुनसुकै अभिभावकले छोरीको उमेर १० वर्ष पुग्ने वित्तिकै कुमारित्व भंग गर्न भन्दै सम्भोग सेन्टरमा पठाउने चलन छ । समाचार माध्यमहरुमा जनाईए अनुसार, १० वर्षकी ग्रेसलाई गोल्डेन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएर सम्भोग शिक्षा दिइयो । उनी सम्भोग क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ उनलाई एक सातासम्म ठुलाको सम्मान तथा घरधन्दा गर्न सिकाइयो ।

त्यहाँ उनलाई सम्भोग सम्बन्धी जानकारी पनि दिइयो । सेन्टरमा पुगेका युनाइटेड नेशन फाउण्डेशनका पत्रकारको टोलीका अनुसार, एक महिलाले किशोरीहरुलाई सम्भोग क्रियाका लागि बढावा दिइरहेकी थिइन् । त्यति मात्र होइन क्याम्पमा नृत्य गरेर वा अन्य तौरतरिका अपनाएर पुरुषलाई खुसी पार्न समेत सिकाइन्छ ।

गर्ल्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार, कहिलेकाहिं त्यहाँ वयस्क पुरुषहरु आउँछन् । राति आउने त्यस्ता पुरुष को हुन् भन्ने जानकारी किशोरीलाई हुँदैन । तर, उनीहरुले यौन शिक्षा अन्तर्गत ती पुरुषहरुलाई सन्तुष्ट पार्न सक्नुपर्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *